Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा तारकारीका बेर्ना रोपियो


काठमाडौं, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसका अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौँला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भन्टा, धनियाँ लगायतका बीउ र बेर्ना रोपेका हुन् ।

सो अवसरमा उनले अर्थतन्त्रको मुख्य मेरुदण्ड कृषि भएको बताउँदै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने बताए । उनले भने, ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन।’ तरकारी खेती शुभारम्भ कार्यक्रमका लागि डिक फर नेपालका स्वयंसेवकहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : कृषि, बाग्मती प्रदेश
ट्याग : #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट