Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कालिमाटी तरकारी बजारमा टमाटर फ्याकेर विरोध प्रदर्शन


काठमाडौं, ३ असार । कालिमाटी तरकारी बजारमा टमाटर फ्याकेर विरोध गरिएको छ। नेपाली तरकारीको मूल्य नपाएको भन्दै किसानहरुले आइतबार बिहान कालीमाटी बजारमा टमाटर फ्यालेर विरोध प्रदर्शन गरेका हुन्।

भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले उचित मूल्य पाउन नसकेको, उत्पादित तरकारी बिक्री नभएको भन्दै उनीहरुले टमाटर फालेका छन् । समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुने जस्ता समस्याबारे सरकार मूकदर्शक भएको उनीहरुले आरोप लगाएका छन्।

उत्पादित तरकारीको लागत मूल्यसमेत नउठेको किसानको गुनासो छ। टमाटर सडकमा फालेपछि हटाउन जेसीबी प्रयोग गर्नुपरेको छ।


क्याटेगोरी : कृषि, जनमञ्च, समाचार
ट्याग : #tomato

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट