Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पपुवा न्युगिनीले नेपाललाई दियो १८० रनको लक्ष्य


काठमाण्डौं, १९ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई एक सय ८० रनको लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पीएनजी ४९ ओभर २ बलमा १ सय ७९ रनमा अलआउट भयो । बलिङतर्फ नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २÷२ विकेट लिए । यस्तै सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले ११ विकेट लिए ।

यस शृङ्खलाको पहिलो खेलमा नेपालले पीएनजीलाई हराएको थियो । हिजो बिहीवारको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, यूएई र पीएनजी रहेका छन् । नेपालले अर्को खेल सोमवार यूएईसँग खेल्नेछ । अङ्क तालिकामा नेपाल ३० खेलमा २८ अङ्कसहित छैटौँ स्थानमा छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #cricket, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट