Techie IT
  • ३० वैशाख २०८१, आईतबार
Jhilko

रोनाल्डोको १ सय ९९ औँ खेलमा पोर्चुगल विजयी esewa inner banner


लिसबन । क्रिस्टियानो रोनाल्डोको १ सय ९९ औँ अन्तर्राष्ट्रिय खेलमा पोर्चुगलले बोस्यिना–हर्जगोभिनामाथि सहज जीत हासिल गर्दै युरो २०२४ को छनोटमा आफ्नो विजयी यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा पोर्चुगल ३–० गोलले विजयी बन्यो ।

यसअघि ३८ वर्षीय रोनाल्डोले पहिलो हाफमा गरेको गोल अफसाइड भन्दै रद्द गरिएको थियो । रोनाल्डोले हालसम्म अन्तर्राष्ट्रिय खेलहरुमा कीर्तिमानी १२२ गोल गरेका छन् । गत मार्चमा खेलिएका दुई छनोट खेलहरुमा उनले चार गोल गरेका थिए । जीतसँगै समूह जीमा पोर्चुगल शीर्ष स्थानमा रहेको छ । टोलीले हालसम्म तीनवटै खेल जितेको छ ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #football

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट