Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

निर्देशक प्रदीप केसीले यसरी गरिरहेका छन् नरदेवी आयुर्वेद चिकित्सालयको दोहन


काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद चिकित्सालय, नरदेवी, काठमाण्डौंमा बेथितिको चाङ नैं लागेको छ । निर्देशक डा. प्रदीप केसीले एघारौं तहमा गत २०७६ असारमा अस्पताल प्रवेश गरेपछि बिभिन्न अनियमितताहरु गरेको तथ्य फेला परेको छ ।

स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७ अनुसार समूह उपसमूहहरू मिल्ने तथा स्वास्थ्य सेवाका समूह तथा उपसमूहहरूमा रहने विभिन्न पदहरूको लागि चाहिने न्यूनतम शैक्षिक योग्यता नपुगी निर्देशक बन्ने पद प्रमुख कन्ल्टेन्ट आयुर्वेद विज्ञ एघारौँ तहमा आयुर्वेद विषयमा स्नातकोत्तर शैक्षिक उपाधि हुनु पर्नेमा सो योग्यता नभई उनी त्यहाँ कार्यरत छन् । उनले प्राप्त गरेको एमएमटीसीएम शैक्षिक योग्यता तत्कालीन स्वास्थ्य सेवा ऐन, नियमावली, एवम् आयुर्वेद चिकित्सा परिषद् ऐन, नियमावली तथा आयुर्वेद चिकित्सा पद्धतिको मर्यादाको बर्खिलाप हुने गरि आर्थिक प्रलोभनमा पारी आयुर्वेद चिकित्सा परिषद्मा अनियमित दर्ता गरी सर्वोच्च अदालतका तत्कालीन न्यायधीशलाई आर्थिक प्रलोभनमा पारी तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले गरेको फैसला उल्ट्याएर एघारौं तहमा प्रवेश गरेकोले उनले अवैधानिक रुपमा प्राप्त गरेको पद खारेज हुनुपर्ने माग गरिएको छ ।

आफूजस्तै एमएमटीसीएम उपाधि प्राप्त गरि कन्सल्टेन्ट आयुर्वेद विज्ञ पदका लागि आयुर्वेद स्नातकोत्तर उपाधि आवश्यक पर्नेमा सो पदका लागि आवश्यक उपाधि प्राप्त नगरी न्यायाधीशलाई आर्थिक प्रलोभनमा पारी पूर्वआदेश उल्ट्याई नवौं तहमा प्रवेश गरेकी उनकी श्रीमती डा. जया सत्याल सहित डा. झुलाराम अधिकारी र डा. काशी खतिवडालाई आयुर्वेद चिकित्सालय नरदेवीमा काजमा तानेर अदालतमा खर्च गरेको रकम उठाउनुपर्छ भन्दै अन्य कर्मचारीहरुलाई पाखा लगाई टिसीएम टोली मात्रको मिलेमतोमा काम गरि निर्देशक प्रदीप केसीले ठूलो आर्थिक अनियमितता गरेको उनीमाथि आरोप छ ।

निर्देशक र अस्पताल विकास समितिको अध्यक्ष आफैँ भइ काम गर्दा आर्थिक अनियमितता गर्न सहज हुने भएकाले अस्पताल विकास समितिको अध्यक्ष नियुक्ति रोकिदिनेलाई आर्थिक प्रलोभनमा पारी स्वयम् निर्देशक र अध्यक्षसमेत आफैँ भई नरदेवी आयुर्वेद चिकित्सालय (गठन) आदेश, २०५९ विपरित अवैध रुपमा पटक पटक करार कर्मचारी नियुक्ति गरि आर्थिक अनियमिततालाई संस्थागत गर्न आफ्ना समर्थकहरुको संख्या बढाई स्थायी कर्मचारीहरुलाई कामबाट उनले बन्चित गराउने गरेका थिए ।

समितिहरु समेत मनोमानी ढङ्गले गठन गर्ने र आफूलाई आर्थिक लाभ हुने हिसावले मात्र निर्णयहरु गर्ने उनको पुरानो शैलीबाट आफूहरुलाई काम गर्न निकै अप्ठेरो परेको केसी पिडित कर्मचारीहरु बताउँछन् । उनले अस्पतालको कामका लागि भनेर नियुक्ति गरिएका सरकारको तलवभत्ता खाने निम्न स्तरका कर्मचारीहरुलाई आफ्नो व्यक्तिगत पारिवारिक काममा समेत लगाउन गरेको तथ्य फेला परेको छ । उनको कार्यकालमा कर्मचारी माथि गरिएको चरम भेदभावका कारण केही कर्मचारीले स्वेच्छिक अवकाश लिएका छन् भने केहि अन्यत्र सरुवा मिलाई गएको र सो ठाउँमा बिना प्रतिस्पर्धा आफ्ना मान्छे भर्ती गरेका छन् । साथै श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान बनेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम दैनिक, मासिक र करारका कर्मचारीलाई सो ऐन बमोजिमको सेवा सुविधा उपलब्ध नगराएको कर्मचारीहरुको आरोप छ ।

एउटा सामान्य हेल्थ पोष्टको समेत व्यवस्थापन समिति हुँदा केन्द्रीय स्तरको संघीय आयुर्वेद अस्पतालमा बर्षौँसम्म समिति गठन हुन नसक्नु निर्देशकले एकलौटी गरि अनियमितता गर्ने दुष्प्रयास भएको प्रष्ट हुन्छ । निर्देशक केसीले कोभिडकालमा औषधि उपकरण तथा अन्य सामाग्री खरीदमासमेत आर्थिक अनियमितता गरेको त्यहीँ कार्यरत कर्मचारीहरु बताउँछन् । यसका साथै उनले बजेट बनाउँदा र खर्च गर्दा सीमित ‘कोर टिम’का सदस्यहरुलाई मात्र संलग्न गराइ नक्कली बील भरपाइसमेत बनाइ खर्च गर्ने गरेको र यस प्रकृयाबाट कमाएको रकम आफूले खाने र अधिकार प्राप्त गर्ने ठाँउमा खुवाइ अख्तियारी दुरुपयोग गरेको उनीमाथि आरोप छ ।

उनले अस्पताल विकास समितिको रकमको चरम हिनामिना समेत गरिरहेको तथ्य फेला परेको छ । अस्पतालका कर्मचारीहरुलाई ‘इन्सेन्टिभ’ खुवाउने नाममा डा. जया सत्याल सहित डा. झुलाराम अधिकारी र डा. काशी खतिवडालाई अस्पतालमा आफूले गर्ने अनियमित कमाईमा सहयोग पु¥याएवापत टिकट काउन्टरमा बस्ने कर्मचारीलाई समेत दवावमा राखी उनीहरुका नाममा टिकट काट्न लगाई ठूलो रकमको ‘इन्सेन्टिभ’ खुवाउने गरेको एक कर्मचारीले नाम उल्लेख नगरिदिने शर्तमा समयबद्धलाई बताए । अस्पताल टिमले गरेको कामले सफल हुने भएपनि अन्य विभाग र शाखाका कर्मचारीहरुलाई नगन्य ‘इन्सेन्टिभ’ दिइ उनले टार्ने गरेका छन् ।

निर्देशक प्रदिप केसीले विभिन्न बहाना बनाइ अस्पताल विकास समितिको खर्च मनोमानी ढङ्गले गरर्दै निरन्तर आर्थिक अनियमिततता गरिरहेको र यसमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सरोकारवाला संस्थाले छानविन गर्नुपर्ने स्वमय् त्यहीँ कार्यरत कर्मचारीहरुको माग छ ।

निर्देक केसीको हर्कत त्यतिमा मात्र सिमित छैन । उनले बिरामीलाई स्वेच्छाले चिकित्सक छनोट गरि स्वास्थ्य परीक्षण गराउने अधिकार कुण्ठित गरेका छन् । अस्पताल फार्मेसीमा आफूलाई हुने आर्थिक लाभका आधारमा कम्पनीका महङ्गा औषधिहरु भित्र्याई ठूलो मात्रामा आर्थिक चलखेल गरेर सर्वसाधारण बिरामीहरुलाई महङ्गो औषधिहरु खरीद गर्न बाध्य बनाएको उनीमाथि आरोप लागेको छ ।

कार्यालय प्रमुखलाई आर्थिक प्रलोभन दिइएका खास खास कम्पनीका औषधि लेख्न चिकित्सकहरुलाई उनले दबाब दिने गरेको र सो नगरे विरामी हेर्नबाटसमेत बञ्चित गराउने वा अनावश्यक मानसिक यातना दिने गरेको एक चिकित्सकले समयबद्धलाई बताए । ती चिकित्सक भन्छन्, ‘निर्देशक केसीले सबै ठेकेदार, कम्पनी तथा सप्लाएरबाट आर्थिक लाभ लिने गरेका छन् ।’ उनी भन्छन्, ‘कार्यालय प्रमुखले फार्मेसी प्रमुखलाई होटलहरुमा बसी मोलमोलाई गर्न लगाई कोटेसन टेन्डरमा नपरेका औषधि समेत अस्पताल फार्मेसीमा राखी बिना बिल विक्रीवितरण गरी औषधि बिक्रीवितरण आचार संहिता तथा अस्पताल फार्मेसी सेवा निर्देशिक २०७८ को ठाडो उलङ्घन गरी फार्मेसी प्रमुख र निर्देशकले बाँडीचूडी खाने गरेका छन् ।’

निर्देशक र फार्मेसी प्रमुखले सरकारी अस्पताललाई आफ्नो व्यक्तिगत व्यापार केन्द्र जस्तो बनाइ लाभ आर्जन गरिरहँदा नीजि औषधि पसलेहरुको रोजीरोटीमासमेत सङ्कट उत्पन्न भएको छ । आयुर्वेद औषधि व्यवसायीहरुको प्रतिनिधिमण्डल पटक पटक गएर आर्थिक प्रलोभनमा परी अस्वस्थ र अमर्यादित व्यवसाय नगर्न अनुरोध गर्दा निर्देश केसीले उल्टै धम्क्याउने, आफूले मिलाउनुपर्ने माथिल्लो तहमा सबै मिलाएको र आफूलाई कसैले छुन नसक्ने भन्दै दादागिरी शैलीमा अमर्यादित भाषा प्रयोग गर्ने गरेको प्रशासन शाखाका एक अधिकारीले बताए ।

त्यति मात्र होइन, निर्देशक केसीले आफ्नी श्रीमती डा. जया सत्यालको अन्नपूर्ण न्यूरो अस्पतालमा रहेको पंचकर्म केन्द्रमा विरामी पठाउन सहयोग नगरेको र आफ्नो नीजि अकुपंचर पढाउने केन्द्रबाट प्रयोगात्मक अभ्यास गर्न आउने विधार्थीहरुलाई पञ्चकर्म शाखामा अभ्यास गराउन विरोध गरेको भन्दै अस्पतालमा रहेका एकमात्र विशेषज्ञ पंचकर्म चिकित्सक डा. महारुद्र ठाकुरलाई मानसिक यातना दिएका थिए । केसीको अत्याचार र सामान्ती शैलीकै कारण डा. ठाकुर असह्य भइ संघमा दरबन्दी हुँदाहुदै पनि मधेस प्रदेशमा काज सरुवा गरि जान बाध्य भए । निर्देशकको हर्कतबाट आजित शालाक्य विशेषज्ञ चिकित्सकहरु पनि अस्पतालबाट पलायन हुँदा जनता विशेषज्ञ शालाक्य सेवा लिनबाट वन्चित भएका छन् ।

निर्देशक केसीले इन्टर्नसीप गर्न आउने बि.ए.एम.एस. कलेजका विधार्थीले बुझाउने रकम आफ्ना मान्छेहरुलाई खुवाउने लोभले बि.ए.एम.एस. पाठ्यक्रम मै नभएको अकुपंचर शाखामा राखेर काम गर्न बाध्य पारी अख्तियार दुरुपयोग गरेको तथा विधार्थीको आयुर्वेद सिक्ने समय बरबाद पारिरहेका छन् । उनले आफ्नो नीजि अकुपंचर पढाउने केन्द्रबाट प्रयोगात्मक अभ्यास गराउन अस्पताल प्रयोग गरिरहेका छन् र अकुपंचर शाखामा मात्र गराउने अभ्यास आयुर्वेदका अन्य शाखामासमेत गराइरहेको र त्यसको विरोध गर्ने आयुर्वेद चिकित्सकहरुलाई उल्टै ‘ठेगान लगाउ’ने धम्की केसीले पटक पटक दिँदै आएका छन् ।

त्यति मात्र होइन, निर्देशक केसीले आफ्नी श्रीमती डा. जया सत्यालको अन्नपूर्ण न्यूरो अस्पतालमा रहेको पंचकर्म केन्द्रमा विरामी पठाउन सहयोग नगरेको र आफ्नो नीजि अकुपंचर पढाउने केन्द्रबाट प्रयोगात्मक अभ्यास गर्न आउने विधार्थीहरुलाई पञ्चकर्म शाखामा अभ्यास गराउन विरोध गरेको भन्दै अस्पतालमा रहेका एकमात्र विशेषज्ञ पंचकर्म चिकित्सक डा. महारुद्र ठाकुरलाई मानसिक यातना दिएका थिए । केसीको अत्याचार र सामान्ती शैलीकै कारण डा. ठाकुर असह्य भइ संघमा दरबन्दी हुँदाहुदै पनि मधेस प्रदेशमा काज सरुवा गरि जान बाध्य भए । निर्देशकको हर्कतबाट आजित शालाक्य विशेषज्ञ चिकित्सकहरु पनि अस्पतालबाट पलायन हुँदा जनता विशेषज्ञ शालाक्य सेवा लिनबाट वन्चित भएका छन् ।

त्यति मात्र होयन निर्देक केसीले अस्पताललाई आफ्नो नीजि घर झैँ ठानेर अस्पताल सफ्टवेयरको सम्पूर्ण साँचो आफ्नो नजिकको नाता पर्ने एक महिलालाई दिएका छन् । यसरी गोप्य रुपमा तथ्याङ्क आदिमा हेराफेरी गरि आर्थिक लाभ उनले लिइरहेका छन् । अस्पतालमा जेष्ठ कर्मचारीहरु डा. शोभाराम सुवेदी, डा. रामदेव यादव, डा. रामकामेश्वर ठाकुर हुँदाहुँदै निर्देक केसीले आफ्नै पोल्टाको मान्छे झुलाराम अधिकारीलाई सूचना अधिकारी बनाइ सूचनाको हक अनुसार सार्वजनिक गर्नुपर्ने विवरण समेत लुकाइ भ्रष्टाचारलाई ढाकछोप गरिरहेका छन् ।

आयुर्वेद अस्पताललाई टि.सी.एम. अस्पताल बनाउन पाइदैन भनि वकालत गर्ने विशेषज्ञ आयुर्वेद चिकित्सक समाजका अध्यक्ष अस्पतालका पूर्व निर्देशकसमेत रहेका डा. रामदेव यादवलाइ केसी निर्देशक भएर आएदेखि नै काम विहीन राखेर जनताले विशेषज्ञ सेवा लिने अधिकारबाट बन्चित गराएको र निज यादवलाइ कार्यालय सहयोगीलाई दिइएको भन्दा पनि धेरै गुना कम ‘ईन्सेन्टिभ’ दिएर अपमान गरिरहेको आफूहरु टुलुटुलु हेरेर बस्न बाध्य भएको अधिकाँश कर्मचारीहरुको भनाई छ । अस्पतालका सवैभन्दा जेष्ठ कन्सल्टेन्ट डा. शोभाराम सुवेदी, जसले क्षारसूत्रको शुरुआत गराइ अस्पतालमा सेवा विस्तार पनि गरेका थिए । अवकाश हुन एक वर्ष बाँकी रहँदा शल्य विभागको अध्यक्ष खोसी नवआगन्तुक कनिष्ठलाई जिम्मेवारी दिएर अपमानित गरि स्वैच्छिक अवकाश लिन पनि निर्देशक केसीले बाध्य बनाएका थिए ।

त्यसैगरी केसीले आयुर्वेदका कायचिकित्सा विशेषज्ञहरु डा. रामदेव यादव लगायतलाई पाखा लगाई न्यूरोलोजीका एलोपेथी चिकित्सक नियुक्ति गरि आफ्नो दुनो सोझ्याउने तथा आयुर्वेद चिकित्सालयमा आयुर्वेद औषधि गर्न आउने, भर्ना भएर बस्ने विरामीहरुलाई अन्धाधुन्ध एलोपेथी औषधि चलाइ चिकित्सकीय नैतिकता, मूल्यमान्यता विपरीत काम गरि आयुर्वेद विधाको अस्तित्वलाई नै संकटतिर धकेलिरहेका छन् । टि.सी.एम. चिकित्सकलाई काखा र आयुर्वेद विधालाई पाखा गर्ने भेदभावपूर्ण व्यवहार गरि आयुर्वेद विधाका चिकित्सक र कन्सल्टेन्टहरुलाई मानसिक रुपमा उनले प्रताडित बनाएका छन् ।
साथै निःशुल्क रुपमा वितरणका लागि अस्पताल फार्मेसीले निर्माण गर्ने औषधिको कच्चा पदार्थ खरीद कम गुणस्तरको कच्चा पदार्थ खरीद गरि आर्थिक अनियमितता गरेको उनीमाथि आरोप छ । खरीद, मूल्यांकन तथा गुणस्तर

समितिहरु समेत मनोमानी ढङ्गले गठन गर्ने र आफूलाई आर्थिक लाभ हुने हिसावले मात्र निर्णयहरु गर्ने उनको पुरानो शैलीबाट आफूहरुलाई काम गर्न निकै अप्ठेरो परेको केसी पिडित कर्मचारीहरु बताउँछन् । उनले अस्पतालको कामका लागि भनेर नियुक्ति गरिएका सरकारको तलवभत्ता खाने निम्न स्तरका कर्मचारीहरुलाई आफ्नो व्यक्तिगत पारिवारिक काममा समेत लगाउन गरेको तथ्य फेला परेको छ । उनको कार्यकालमा कर्मचारी माथि गरिएको चरम भेदभावका कारण केही कर्मचारीले स्वेच्छिक अवकाश लिएका छन् भने केहि अन्यत्र सरुवा मिलाई गएको र सो ठाउँमा बिना प्रतिस्पर्धा आफ्ना मान्छे भर्ती गरेका छन् । साथै श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान बनेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम दैनिक, मासिक र करारका कर्मचारीलाई सो ऐन बमोजिमको सेवा सुविधा उपलब्ध नगराएको कर्मचारीहरुको आरोप छ ।

यसरी निर्देशक जस्तो अभिभावकीय सार्वजनिक पद धारण गरेको व्यक्तिले अस्पतालको बाहिर सरसफाइ र चिटिक्क जस्तो पार्ने तर भित्री गतिविधि अत्यन्त फोहर बनाई नातावाद कृपावादलाई बढावा दिइ एकलौटी गरि भ्रष्टाचारमा चुर्लुम्म डुबेका निर्देशक र उनका निकट सहयोगीहरुमाथि आवश्यक छानविन हुनुपर्ने सम्पूर्ण कर्मचारीहरुको माग रहेको छ । समयबद्ध साप्ताहिकबाट

 

 


क्याटेगोरी : जनमञ्च, समाचार, स्वास्थ्य
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट