Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मिटरब्याज पीडितहरूको आन्दोलनामा झलनाथ खनालको ऐक्यबद्धता


काठमाडौं, १४ चैत । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले मिटरब्याज पीडितहरूको आन्दोलनामा ऐक्यबद्धता जनाएका छन् । मंगलबार आन्दोलनस्थलमा पुगेर पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले पीडितहरूका मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

‘तपाईंहरूको आन्दोलनमा ऐक्यबद्धता छ । तपाईंहरूले सारेका मागहरूलाई सरकारले तुरुन्त सुन्नुपर्छ । तपाईंका समस्याहरू तुरुन्त हल हुनुपर्छ,’ खनालले भने ।

उनले पीडितका समस्या समाधानका लागि उच्चस्तरीय आयोग बनाउनसमेत प्रधानमन्त्रीसँग आग्रह गरे । ‘म प्रधानमन्त्रीलाई मिटर ब्याजपीडिहरूका समस्या समाधानका लागि तुरुन्त उच्चस्तरीय आयोग गठन गर्नुहोस्, गहन अध्ययन गर्नुहोस्, जनतालाई न्याय दिलाउनुहोस्, जग्गा लिलाम तथा कब्जा भएका फिर्ता गर्नुहोस्, दोषीलाई कारबाही गर्ने काम अगाडि बढाउनुहोस् भनेर यहाँबाट आह्वान गर्न चाहन्छु,’ उनले भने ।

मिटरब्याज पीडितहरुलाई न्याय देऊ


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट