Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काभ्रेको अनेकोटमा कलाकारलाई जिउँदै आगो लगाएर हत्या गरिएको स्मरणमा आज साँस्कृतिक प्रतिरोध दिवस मनाइँदै


काठमण्डौं, ५ चैत । एकीकृत नेकपा माओवादीले आज साँस्कृतिक प्रतिरोध दिवस मनाउँदै छ ।

तत्कालीन नेकपा माओवादीका सात जना कलाकारहरुलाई काभ्रेको अनेकोटमा सुरक्षाकर्मीहरुले सामुहिक हत्या गरेको दिनको स्मरणमा हरेक वर्ष चैत ५ गते साँस्कृतिक प्रतिरोध दिवस मनाउने गरिन्छ ।

२०५५ साल चैत ५ गते अनेकोटको एक घरमा बसिरहेकोबेला कलाकारहरु च्याङ्बा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा र चिनीमाया लामालाई सुरक्षाकर्मीहरुले घरमा आगो लगाएर सामुहिक हत्या गरेका थिए ।


क्याटेगोरी : समाचार, साहित्य
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट