Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रास्वपा सरकारमा जाने विषय सोच्न पनि सकिँदैन, सरकारलाई दिएको समर्थनका विषयमा आजै निर्णय हुन्छः रवि लामिछाने


काठमाडौं, १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने विषयमा आफूहरूले सोच्न पनि नसक्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले उपनिर्वाचनपछि सरकारमा जाने विषयमा आफूहरूले सोच्न पनि नसक्ने बताएका हुन्। उनले सरकारलाई दिएको समर्थनका विषयमा सम्भवतः आजै निर्णय लिने बताएका छन्।

‘हामी निर्वाचनमा गइरहँदा जस्तो किसिमको गतिविधि हामीले हेर्यौं त्यसले सरकारमा जाने विषयमा हामीले सोच्ने कुरा छैन। त्यस्तो वातावरण पछि छैन। सरकारको समर्थन फिर्ता लिने सम्भावना बढी छ,’ लामिछानेले भने।

सभापति लामिछानेले सरकारले न्यूनतम साझा कार्यक्रमबाट भ्रष्टाचारबारे छानबिनको विषय हटाएकोमा आपत्ति जनाए। ‘हामीले आम नागरिकसँग भोट मागिरहँदा र नागरिकले भोट दिँदा हामीलाई लागेको विषयमा मुलुकको भ्रष्टाचारको विषय हो। हामीले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्छ भनेका छौं। तर, सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटायो। यसमा हाम्रो आपत्ति छ। मतदाताले हामीलाई निश्चित म्याण्डेट दिएर संसदमा पठाएका हुन्। जुन बाचा गरेर हामी आएका थियौं। अझ राख्नुपर्ने, निर्मम हुनुपर्ने विषयलाई भएकोलाई पनि हटाएकोमा गम्भीर भएर निर्मम समिक्षा गर्छौं,’ उनले भने।

सभापति लामिछानेले उपनिर्वाचनमा आफूहरुविरुद्ध सरकारी हेलिकोप्टर प्रयोग गरेर मन्त्रीको आश्वासन बाँडिएको आपत्ति समेत जनाए। ‘हामविरुद्ध चुनावमा सरकारी हेलिकोप्टर नै उतारियो। मन्त्री दिने भन्दै हेलिकोप्टर सरकारी हेलिकोप्टर लिएर निर्वाचन क्षेत्रमा पुगियो। हामीले एकदमै धेरै सोच्नुपर्ने अवस्था छ। मुलुकमा अस्थिरता नहोस् भन्ने पनि सोच्नुपर्छ। तर हामी यो सरकारमा जाने र समर्थन गरिरने सम्भावनाबारे नसोच्दा हुन्छ,’ उनले भने।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #rabi lamichhane

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट