Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रवि लामिछानेले चितवन–२ मा मनोनयन दर्ता गराए


काठमाडौं, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन२ मा मनोनयन दर्ता गराएका छन्। वैशाख १० गते हुने उपनिर्वाचनका लागि सभापति लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।

लामिछाने मंसिर ४ गतेको निर्वाचनमा फराकिलो मतान्तरले विजयी भएका थिए। लामिछाने विरुद्ध तीन दलले उम्मेदवारी दिँदैछन्। कांग्रेसले जितनारायण श्रेष्ठ, एमालेले रामप्रसाद न्यौपाने र राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार बनाएको छ।

निर्वाचन आयोगले सबै दललाई फरक फरक समय तोकिदिएको छ। लामिछानेले दिउँसो १ बजे उम्मेदवारी दर्ताका लागि समय लिए पनि तनहुँ जाने कार्यक्रम भएकाले बिहानै उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेसलाई दिउँसो २ बजे, एमाले ३ बजे र राप्रपालाई अपराह्न ४ बजे उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ।

 


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking, #rabi lamichhane

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट