Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बारामा एसईईको प्रश्नपत्र ‘आउट’ गर्ने एक छात्रको परीक्षा रद्द


काठमाडौं, १७ चैत । बारामा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा शुरु भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र ‘आउट’ गर्ने एक छात्रको परीक्षा रद्द गरिएको छ।

आदर्श कोतवाल गाउँपालिका प्रशासनका शाखा अधिकृत सुनिल थापाले परीक्षा रद्द गरेको जानकारी दिए। उनका अनुसार प्रश्नपत्र आउट गर्ने छात्र हुन्। ‘अहिले हामी यही स्कुलमा छौँ, के कसरी आउट भएको हो,अनुसन्धान भइरहेको छ। नाम भने अहिले खुलाउन मिल्दैन’‚ उनले भने।

आज (शुक्रबार) आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट परीक्षा शुरु भएको १५ मिनेटमै अंग्रेजी विषयको प्रश्नपत्र फेसबुकबाट आउट भएको थियो।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #see

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट