Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अमेरिकामा बालबालिकालाई कोरोना सङ्क्रमण बढ्यो, चार हप्तामा एक लाखभन्दा धेरै बालबालिका संक्रमित


अमेरिकामा पछिल्लो चार हप्तामा एक लाखभन्दा धेरै बालबालिकालाई कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार चार हप्तायता एक लाख छ हजार जना बालबालिकालाई कोभिड १९ को सङ्क्रमण भएको हो ।

पछिल्लो समय कोभिडको सङ्क्रमण दर घटेको तर बालबालिकामा भने सङ्क्रमण भैरहेको अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएशनले निकालेको पछिल्लो विज्ञप्तिमा उल्लेख छ ।

डाक्टरले कोभिडबाट सङ्क्रमित भएकाहरुको उमेर समूहअनुसारको तथ्याङ्क लिनुपर्ने र त्यसैअनुसार खोप तथा सुरक्षाका उपायहरु अपनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् । अमेरिकामा कोरोना सङ्क्रमण सुरु भएपछि १ करोड ५५ लाखभन्दा धेरै बालबालिकालाई सङ्क्रमण पुष्टि भएको छ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट