Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आवधिक उपवासले शरीरलाई फाइदा तर चिकित्सकको सल्लाहमा गर्नु बेस


काठमाडौं । उपवास हाम्रो समाजको पुरानो जीवन अभ्यास हो ।

उपवास अचेल फेरि लोकप्रिय बन्दै गइरहेको छ ।

समय समयमा उपवास राखेर खानेकुरा वा अहार लिने प्रणालीलाई इन्टरमिटेन्ट फास्टिङ वा अन्तरिम उपवास भनिने गरिएको छ ।

अन्तरिम उपवास भनेको निश्चित समय निर्धारण गरी खाने प्रणालीको रूपमा बुझिएको छ । इटरमिटेन्ट फास्टिङको केही प्रणालीहरू रहेको पाइन्छ ।

सामान्यरूपमा १६ः८ विधि हो । यो विधिमा १६ घन्टा व्यक्ति उपवास बस्ने गर्छ ।बाँकी ८ घन्टामा खाना खान सक्ने विधि हो ।

एक दिन बिराएर खाने चलन पनि छ । एक दिन बिराएर खाने विधिमा ५सय क्यालरी खाना खानुपर्ने तय गरिन्छ । यस्तै ५ः२ विधि छ । यसमा हप्ताको दुई पटक वा प्रत्येक महिना पाँच दिन उपवास बस्ने विधि छ।

इन्टरमिटेन्ट फास्टिङ भनेको खाने र नखाने बीचको अवधिको चक्रलाई बुझिने हो ।

रेडियोलोजिस्ट डा. नूरीका अनुसार दैनिक १६ घन्टा उपवास वा हप्तामा एक वा दुई पटक २४ घन्टाको उपवास समावेश रहेको पाइन्छ ।

यो उपवास विधि धेरै लोकप्रिय हुनुमा धेरै अध्ययनहरूले मोटोपना, उच्च रक्तचाप, र दम जस्ता दीर्घकालीन रोगहरूलाई रोक्न र उल्टाउने सम्भावना देखाएको हो ।
यसले अटोइम्यून फ्लेयर–अपहरू रोक्न पनि मद्दत गर्न सक्छ।

अटोइम्यून फ्लेयर अपहरू

डाक्टर मनदीप सिंहका अनुसार अटोइम्यून फ्लेयर–अपको अवधिमा शरीरको प्रतिरक्षा प्रणाली अधिक सक्रिय हुन्छ । यसले शरीरमा अधिक प्रतिरक्षा सेल र एन्टिबडीहरू उत्पादन गर्ने तन्तुहरूमा आक्रमण गर्छ । अटोइम्युन फ्लेयरअपका केही लक्षणहरू हुन्छन् । यस्तोमा दुखाइ, शरीर सुन्निने, थकान महसुस हुने, ज्वरो आउने जस्ता लक्षणहरूमाा वृद्धि हुन्छ । अटोइम्यून फ्लेयर–अपका लक्षणहरू व्यक्तिहरूमा फरक फरक ढंगले देखिन्छ । यसको कारणहरूमा तनाव, संक्रमण, हार्मोनल परिवर्तनहरू, आहार परिवर्तनहरू, र वातावरणीय विषालु पदार्थहरू रहेका छन् ।

इन्टरमिटेन्ट फास्टिङले अटोइम्यून फ्लेयर अपमा मद्दत गर्ने तरिका

मानिसले लामो समयको लागि उपवास गर्ने बेलो शरीरले आराम गर्ने र पुनः प्राप्ति गर्ने मौका पाउँछ । खाना पचाउन वा खानामा इन्फ्लामेटरी तत्वहरू विरुद्ध रक्षा गर्न शरीरका तत्वहरू व्यस्त हुँदैनन् ।

आरामको यो अवस्था विशेष गरी अटोइम्युनिटीलाई नियन्त्रण गर्न उपयोगी हुन सक्छ । इन्फ्लामेटरी स्वतः प्रतिरक्षा रोगको जरामा हुन्छ । यसलाई बीचमा उपवास द्वारा कम गर्न सकिन्छ। यो प्रणाली अन्तर्गत इन्फ्लामेशन र प्रो–इन्फ्लेमेटरी साइटोकाइन्स, सेल सिग्नलिंग अणुहरूको कमजोर स्तरलाई झन खराब रोग बनाउन लगाइन्छ ।

उपवास भनेको अटोफेजी नामक प्रक्रियासँग सम्बन्धित छ । जसको अर्थ ‘ आफैलाई खाने’ हो । यसमा क्षतिग्रस्त कोशिकाहरू सफा गरिन्छ र माइटोकन्ड्रियालाई मर्मत गरिन्छ। माइटोकोन्ड्रिया शरीरको उर्जा कारखाना हो । यो प्रक्रियाले फ्लेयर अपको बेला लचिलोपन प्रदान गर्न मद्दत गर्दछ।

उपवासले शरीरमा कोर्टिसोल स्तर पनि बढाउँछ, जसले अटोइम्यून फ्लेयर–अप लक्षणहरूलाई दबाउन मद्दत गर्दछ। उपवासको समयमा केटोन्सको वृद्धिले न्यूरोट्रान्समिटर गाबा निस्कासन गर्न मदत गर्छ । जसले चिन्तालाई कम गर्छ । यो पनि एक अटोइम्यून फ्लेयर–अप व्यवस्थापन गर्न महत्वपूर्ण छ।

यसले तपाईंको वृद्धि हार्मोनलाई रातभर ठीकसँग कार्य गर्न ठाउँ र समय दिन्छ जसले दिनभरि क्षतिग्रस्त कोशिकाहरूलाई मर्मत गर्दछ। ग्रोथ हर्मोनको प्रक्रिया पूरा गर्न १२ घण्टा लाग्छ । यसलाई खानाको खपत र राती अबेरसम्म जाग्राम बसेर बाधा पु¥याउनु हुँदैन।

तर चिकित्सकहरूले स्वास्थ्यको अवस्थालाई ध्यान दिएर चिकित्सकहरूको सल्लाहमा इन्टरमिटेन्ट फास्टिङ गर्नु उपयुक्त हुने बताएका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट