Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

इथियोपियामा हैजाका कारण ९४ जनाको मृत्यु, महामारीकै रुप लिन सक्ने चेतावनी


दक्षिणपूर्वी इथियोपियामा हैजाका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए) ले दिएको पछिल्लो विवरण अनुसार ज्यान गुमाउनेको संख्या ९४ जना पुगेको हो ।

हैजा प्रभावित क्षेत्रमा ४१ वटा उपचार केन्द्र र इकाइ सञ्चालन गरिएको छ । यूएनओसीएचएले इथियोपियामा हैजा महामारीकै रुपमा फैलन सक्ने चेतावनी दिएको छ । विशेष गरी सुरक्षित खानेपानीको आपूर्ति र सरसफाइमा देखिएको कमजोरीका कारण त्यहाँ हैजाको जोखिम उच्च छ । यूएनओसीएचएले मुखबाट दिइने हैजा खोपको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि थप कोषको आवश्यकता रहेको पनि जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट