Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

झापामा कारको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु


झापा, १७ फागुन । झापामा कारको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका(८ निवासी ३२ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३७ वर्षीय खगेन्द्र बयलकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार कनकाई ८ स्थित लक्ष्मिपुर चौकमा मंगलबार राति १२ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ च ४५२५ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा उनीहरूलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट दुवैजनाको घटनास्थलमा मृत्यु भएको थियो । यता कारसहित चालकलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट