Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सन्दीपको भिसा आयो, आजै युएई जाने तयारी


काठमाडौं । सर्वोच्च अदालतले विदेश जान लागेको यसअघिको रोक खुल्ला गरिदिए पछि क्रिकेटर सन्दीप लामिछानेले युएई जाने तयारी गरेका छन ।

युएईमा जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन् । नेपाल क्रिकेट संघले लामिछानेको नाम खेलाडीको सूचीमा राखिसकेको छ ।

सो टिमका एक खेलाडी बिरामी भए पछि उनको नाम हटाएर लामिछानेको नाम राखिएको क्यानले जनाएको छ । तर, कसको नाम हटाएको हो ? त्यो भने खुलाएको छैन ।

त्रिकोणात्मक सिरिज लिगमा युएई र पपुना न्युगिनीलाई हराएर अपराजित हुँदै आएको नेपाल लामिछानेको आगमनसँग बलियो हुने अपेक्षा गरिएको छ । जारी खेलमा जीत हासिल गरेमा श्रीलंकामा हुने विश्वकप खेल्न नेपाली टोली पुग्नेछ ।

यसका लागि लामिछानेलाई आजै युएई लैजान खोजिएको क्यानका सहसचिव दुर्गा पाठकले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट