Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जंगली हात्तीको आक्रमणबाट बारामा एक जनाको ज्यान गयो


वीरगञ्ज । जंगली हात्तीको आक्रमणबाट बारामा एक जनाको ज्यान गएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्ती बस्ने ४५ वर्षीय गापन दर्लामीको ज्यान गएको हो ।

जंगलमा घाँस दाउरा लिएर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीले उनको टाउको र हातमा कुल्चिएको पाइएको प्रहरीले जनाएको छ । स्थानीयले जंगली हात्तीले मान्छे मारेको छ भनेर खबर गरेपछि इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी टोली पुगेको थियो ।

शव टाँगिया बस्तीमा ल्याएर राखिएको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । हात्ती बस्ती आसपासमै हुन सक्ने भएकोले सचेत भएर बस्न बस्तीका बासिन्दालाई आग्रह गरिएको उनले बताए ।

‘रौतहटबाट बाराको कलैया–२६ दोहरी पकडी हुँदै ठूलो जंगली हात्ती आएको हो, यसअघि ६ वटा घर बारामा भत्काइसकेको थियो,’ उनले भने, ‘ जिल्ला वन कार्यालय, बारा, पर्सा राष्ट्रिय निकुञ्जलाई जानकारी गराएका छौं । गाउँलेलाई सचेत रहन भनेका छौं ।’

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट