Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बैतडीमा ड्युटीमै रहेका एक प्रहरीको मृत्यु


बैतडी, १८ फागुन । बैतडीमा ड्युटीमै रहेका एक प्रहरी कर्मचारीको निधन भएको छ।

मृत्यु हुनेमा कैलाली घर भइ मेलौली नगरपालिका २ सलेना प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार ३२ वर्षीय प्रहरी सहायक हवल्दार नवीन चौधरी रहेका छन्। ड्युटीमै रहेका चौधरी एक्कासी बेहोस भएर ढलेका र उपचारको लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

मृतक चौधरीको शव स्वास्थ्य केन्द्रमै रहेको छ। चौधरीका घरपरिवारलाई खबर गरिएको र उनिहरू पुगेपछि शव परिक्षण गरिने जनाइएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट