Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आजेदखि बिमलनगर–घाँसीकुवा सडकखण्ड दैनिक चार घन्टा बन्द


चितवन, १८ फागुन । मुग्लिन–पोखरा सडक योजना (पूर्वीखण्ड) तनहुँले आज रातिदेखि दैनिक चार घन्टा सडक बन्द गरेर काम गर्ने भएको छ।

तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो। फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने भएको हो।

सडक बन्द गरिएका बेला यो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि योजना कार्यालयले आग्रह गरेको छ।


क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #road

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट