Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

समयमा नै काम सम्पन्न नगर्ने कम्पनीसँग सम्झौता तोड्ने उपप्रधानममन्त्री श्रेष्ठको चेतावनी


काठमाडौं, १८ फागुन । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले समयमा नै काम सम्पन्न नगर्ने कम्पनीसँग सम्झौता तोड्ने चेतावनी दिएका छन्। बिहीबार भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्म स्थलगत सडक अनुगमन गर्दै मन्त्री श्रेष्ठले भक्तपुर(नगरकोट सडक विस्तारको कामप्रति आफू सन्तुष्ट नरहेको भन्दै समयमा नै काम सम्पन्न नगर्ने कम्पनीसँग सम्झौता तोड्ने चेतावनी दिए।

उनले अबको एक महिनाभित्र गुणस्तरीय सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे ठेक्का सम्झौता खारेज गर्ने बताए। उक्त सडकखण्ड निर्माणको काम शैलुङ कन्स्ट्रक्सनले गरिरहेको छ। निर्माण कम्पनीले भक्तपुर(नगरकोट सडकको निर्माणमा उपेक्षा गरेको भन्दै उनले काम सम्पन्न नगर्ने र समयमै गुणस्तरीय काम गरेर हस्तान्तरण नगरे अब थप समय नदिने स्पष्ट पारे।

उनले निर्माण व्यवसायीले नयाँ सडक थप्दै जाने र पुराना सम्झौता भएका सडक अलपत्र पार्दै जाने कार्य अब दोहरिन नदिने स्पष्ट पारे। त्यस्तै शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि अनुप अधिकारीले बीचमा रुख कटान, विद्युतको पोल सार्न समस्या आएको र भूकम्पका कारण पनि केही ढिलाइ भए पनि अबको एक महिनामा आयोजना सम्पन्न गरेर हस्तान्तरण गरिने बताए।

उपप्रधानमन्त्री श्रेष्ठसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायतले सडक निर्माणको अवस्थाबारे जानकारी लिएका थिए।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट