Techie IT
  • १५ वैशाख २०८१, शनिबार
Jhilko

प्रधानमन्त्रीसँग भेटेर पीडा सुनाउन चाहन्छन् मिटरब्याज पीडत


काठमाण्डौं, १४ चैत । मिटरब्याजी पीडितहरुले आज बिहानदेखि विरोध प्रदर्शन सुरु गरेका छन् । उनीहरुले काठमाण्डौको टङ्गालमा विरोध प्रदर्शन गरेका छन् ।

खुलामञ्चबाट उनीहरु हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा टङ्गालमा विरोध प्रदर्शन गरेका हुन् । धर्नास्थल टङ्गालमा पुगेका गृह सचिव विनोदप्रकाश सिंहले आन्दोलन र धर्नाको कार्यक्रम तत्काल स्थगन गर्न आग्रह गरेका छन् ।

पीडितलाई न्याय दिलाउन सरकारले कानुनी पहल गरिरहेको पनि आश्वासन दिएको सङ्घर्ष समितिका संयोजक मनोज पासवानले बताए । आफूहरुले गृह सचिवसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर पीडा सुनाउन चाहेको र त्यसका लागि पहल गर्न अनुरोध गरेको पनि पासवानले बताए ।

यस्तै, टङ्गालमा मिटरब्याज पीडितलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिए । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न समस्या नरहेको बताए ।

मिटरब्याज पीडितहरुलाई न्याय देऊ

 


क्याटेगोरी : जनमञ्च, प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट