डडेल्धुराको आलितालमा डोजर दुर्घटना हुँद एक जनाको मृत्यु

डडेल्धुरा, ४ असार । डडेल्धुराको आलितालमा डोजर दुर्घटना भएको छ । दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । आलिताल गाउँपालिका ८ कुर्जेनीमा सु.प.प्र.०१.००१क १६८३ नम्बरको डोजर दुर्घटना भएको हो ।
दुर्घटनामा बझाङ घर भएका एकजनाको ज्यान गएको आलिताल प्रहरीले जनाएको छ । डोजर आलितालको गोदामबाट मेलगाजातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डोजर सडकबाट करिब ३० मिटर तल खसेको थियो । मृतकको पहिचान खुल्न सकेको छैन ।
दुर्घटनाको कारण पत्ता लागेको छैन ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #jcb accident
प्रतिक्रिया