Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपरथी प्रेम शाही थुनामुक्त, २ सैनिक अधिकृत पनि छुटे


काठमाडौं । अवकाशमा पठाउने नेपाली सेनाको जंगीअड्डाको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका उपरथी प्रेम शाही दुई महिनापछि थुनामुक्त भएका छन् ।

जंगीअड्डाभित्रै थुनेर राखिएका उच्च सैनिक अधिकृत शाहीसहित उनलाई सहयोग गरेको अभियोगमा समातिएका प्राड विवाकका प्रमुख सेनानी कुलदिप तिमसिना र महासेनानी महेन्द्रजंग शाह पनि थुनामुक्त भएका छन् । तिमसिना र शाहको दुई वर्ष बढुवा रोक्का गर्ने आदेश भएको छ ।

उपरथी शाही संलग्न सैनिक विद्रोहको कसूरसम्बन्धी मुद्दा पुर्पक्षका लागि भन्दै बुधबार जंगीअड्डा बोलाइएका तिमसिना र शाहलाई सेनाले नियन्त्रणमा लिएको थियो ।

उनीहरु पक्राउ पर्नेबित्तिकै परिवारका सदस्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दुवै जनालाई ३ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट