Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

शिक्षकको कुटाइबाट विद्यार्थीको कानको जाली फुट्यो


तनहुँ, फागुन १९ गते । तनहुँको व्यास नगरपालिका–१ स्थित गल्बुबेंसीस्थित एक निजी विद्यालयका शिक्षकले कुट्दा विद्यार्थीको कानको जाली फुटेको छ ।

मादी श्री आवासीय माध्यमिक विद्यालयका शिक्षक मनोज राउतले कानको जाली नै फुट्ने गरी कुटेका हुन् । राउतले कक्षा ६ मा पढ्ने १२ वर्षीय रोनिश पराजुलीलाई कुट्दा देब्रे कानको जाली फुटेर दुई वटा प्वाल परेको र कानभित्र रगत जम्न पुगेको छ ।

राउतले आइतबार कक्षा ६ मा पढ्ने रोनिश पराजुलीले गल्ती गरेको भन्दै कानको जाली नै फुट्ने गरी पिटेका थिए । शिक्षक राउतले आफूले विद्यार्थी पराजुलीलाई पिटेको स्वीकार गरे । रोनिशको आमा अर्पणा पराजुली छोरा घाइते भएपछि सुरुमा एपोलो हस्पिटल दमौली लागेको र अस्पतालले पोखरा रिफर गरेपछि मङ्गलवार गण्डकी मेडिकल कलेज लगेर जँचाएका थिए । त्यसपछि विद्यालयले विश्वास नगरेपछि पुनः पोखराकै पार्कल्याण्ड हस्पिटलमा नाक, कान घाँटी विशेषज्ञ डाक्टर सुधीर गोपाल पराजुलीसँग परीक्षण गरिएको थियो । परीक्षणका क्रममा कानको जालीमा दुई वटा प्वाल परेको र रगत जमेको डाक्टरको रिपोर्ट उल्लेख छ ।

कुट्ने शिक्षकमाथि कारबाही गर्नुपर्ने माग राखेका छन् । शारीरिक र मानसिक यातना दिएको स्थितिमा नकारात्मक असर परेर विगत पाँच दिनदेखि विद्यालय जान नसकेको बालकका हजुरआमा नानीमाया अधिकारीले बताइन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य, गण्डकी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट