Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मुस्ताङमा गोरु काटेको आरोपमा ६ जना पक्राउ


जोमसोम, १९ फागुन । गोरु काटेको आरोपमा ६ जनालाई बिहीबार जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रोल्पा थवाङ गापा ४ घर भई थासाङ ३ लेते बस्ने ३० वर्षीय कुलमान मगर, रोल्पा थवाङ गापा २ घर भई थासाङ ३ लेते बस्ने २६ वर्षीय सन्तोष परियार, बाग्लुङ ढोर पाटन ४ घर भई थासाङ ३ लेते बस्ने ३२ वर्षीय दिपक मगर,सोलुखुम्बु माकुलुङ गापा १ घर भई थासाङ ३ लेते बस्ने ३७ वर्षीय बुद्धि राई, धरान जन्ते ढुङ्गा गापा ४ घर भई थासाङ ३ लेते बस्ने २३ वर्षीय रावल क्षेत्री र थासाङ ३ बस्ने ४२ वर्षीय राजकुमार गर्बुजा रहेको कार्यालयले जनाएको छ।

मुस्ताङको थासाङ २ सेकुङ जंगलमा गोरु काटेको सूचना आएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो। प्रहरीका अनुसार घटना स्थलबाट गोरुको पुच्छरसहितको छाला, गोरुको टाउको र दुई खुट्टा फेला पारेको थियो। स्थानीयको रोहबरमा प्रहरीले बरामद गरिएको टाउको ,पुच्छर र खुट्टा कानुनी प्रक्रिया पुर्‍याएर खाल्डो खनी नष्ठ गरेको प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए।

सेकुङको जंगलमा काठ काट्ने काम गर्दै आइरहेका कामदारहरूले स्थानीय गिरिसिंह शेरचनको चरन क्षेत्रमा छाडिएको गोरु काटेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। आरोपित व्यक्तिहरूले गोरु काटेको प्रहरीसमक्ष कबुल गरेका छन्।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #ox, #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट