Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

माधवकुमार नेपालका भाइ सरोजकुमारको छतबाट खसेर निधन


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ ।

आज दिउँसो २ बजेतिर शंखमुलमा रहेको एक रेष्टुराँको ६ तलामाथिबाट खसेर उनी घाइते भएका थिए। रेष्टुराँबाट खस्दा सुरुमा बिजुलीको तारमा परेको र त्यसपछि उनी भुईँमा खसेका थिए । उनलाई सुरुमा नयाँबानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल पुर्‍याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई माइतिघरमा रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्‍याइएको थियो ।

नेता उपाध्याय पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका कान्छो भाइ हुन्। उनी ६२ वर्षका थिए। उनका दुई छोरी अमेरिकामा छन्।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट