Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

फेवातालमा हावाहुरीले डुङ्गा पल्टाउँदा एक महिलाको मृत्यु


कास्की । शनिबार दिउँसो हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एकजनाको मृत्यु भएको छ । पोखरा १ बगरकी ७० वर्षीया याममाया गिरीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार साढे ४ बजेतिर चलेको हावाहुरीले गर्दा उनी चढेको डुङ्गा पल्टिएपछि सशस्त्र प्रहरीको टोलीले उनको उद्धार गरेको थियो । घाइतेको उद्धारपछि उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको र उपचारकै क्रममा ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवण विकले जानकारी दिए ।

आजै फेवातालमा हावाहुरीले गर्दा अर्को एउटा डुङ्गा पनि पल्टिएको थियो । त्यसमा रहेका चार जना युवाको सकुशल उद्धार गरिएको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट