Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा अग्रहरी नियुक्त


धनुषा, २० फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार सीताराम अग्रहरी नियुक्त भएका छन् ।

मधेश भवनस्थित मुख्यमन्त्री निवासमा शनिबार मुख्यमन्त्री यादवले पत्रकार अग्रहरीलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । नियुक्तिपत्र ग्रहण गरेपछि प्रेस सल्लाहकार अग्रहरीले इमानदारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रेस सल्लाहकार अग्रहरीले यसअघि गोरखापत्र दैनिकका सम्पादक, निमित्त प्रबन्ध निर्देशक भएर सेवा गरिसकेका छन् । उनको साहित्यक क्षेत्रमा पनि आधा दर्जन कृति प्रकाशित छन् ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट