Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौं उपत्यकाका ६८ ठाउँमा ट्राफिक चेक पोइन्ट, नियम उल्लङ्घन गर्नेलाई कारबाही


काठमाडौं । होली पर्वलाई मध्यनजर गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न ६८ ठाउँमा चेक पोइन्ट राख्दैछ । त्यस्तै विभिन्न १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती समेत गर्ने भएको छ।

होली पर्वलाई दुर्घटना रहित सुरक्षित र मर्यादित बनाउने उद्देश्यले काठमाडौं उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा चेक पोइन्ट राख्न लागिएको हो । जाँडरक्सी खाएर गाडी चलाउने, तीव्र गतिमा गाडी चलाउनेलाई कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ।

त्यस्तै गाडीको प्रयोग गरी रङ्ग, लोला हान्ने, अभद्र व्यवहार गर्ने, लागुपदार्थ खाएर गाडी चलाउने, लापरबाहीका साथ गाडी चलाउने लगायत विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कडाइ गरी पक्राउ गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट