Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विना इजाजत विदेशी मुद्रा सटही गर्ने भारतीय नागरिकसहित नौ जना पक्राउ


बर्दिबास, २३ फागुन । सीमा क्षेत्रमा विना इजाजत विदेशी मुद्रा सटही गर्ने एक भारतीय नागरिक सहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये मोतिहारी भारत विहार हरिसिद्धी थाना मोठलिया गाउका ३३ वर्षीय जितेन्द्रकुमार महतो रहेका छन् ।

त्यस्तै पक्राउ परेका अन्यमा जलेश्वर नपा ३ का जितेन्द्रकुमार सिंह, अकवर अन्सारी, जिलानी अन्सारी, धिरज मण्डल, राम एकवाल मण्डल, सुशील साह र जलेश्वर नपा २ का नन्दकुमार साह रहेको प्रहरीले जनाएको छ ।

महोत्तरीको सीमावर्ति मूल नाका मलिवारा भिट्ठामोडबाट पक्राउ परेका उनीहरूको साथबाट १४ लाख ३७ हजार ६४० भारु तथा ८२ हजार २०५ नेपाली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट