Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

धुलिखेलमा कौडाको खालबाट नौ जना पक्राउ


काभ्रे, २३ फागुन । कौडा खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । धुलिखेल नगरपालिका–३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका ५ बस्ने २७ वर्षीय महेन्द्र दाहालसमेत नौ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ७३ हजार ३२ रुपियाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट