Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एमसीसी आयोजनाका लागि धादिङ, पाल्पा र तनहुँमा जग्गा अधिग्रहण प्रक्रिया सुरु


काठमाण्डौं, २३ फागुन । अमेरिकी सहायता परियोजना एमसीसी मातहतको आयोजनाका लागि जग्गा लिने प्रक्रिया सुरु भएको छ । एमसीसी अन्तर्गत मिलिनियम च्यालेञ्ज अकाउन्ट नेपाल विकास समिति एमसीएले आज सूचना निकालेर धादिङ, पाल्पा र तनहुँमा जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु गरेको जानकारी गराएको हो ।

एसीसएले निकालेको सूचनामा तीन दिनपछि प्राविधिक टोली जग्गा भएको ठाउँमा पुग्ने र टोलीले तीन वटै जिल्लाका विभिन्न पालिकामा आयोजनाका लागि आवश्यक पर्ने जग्गाको नाप जाँच गर्ने, सर्वेक्षण गर्न, साँध छुट्याउन, किला गाड्ने काम सुरु गर्ने उल्लेख छ ।

जग्गा प्राप्तिका लागि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकबाट जग्गा प्राप्तिको काम अगाडि बढाउने निर्णय भइसकेको पनि सूचनामा उल्लेख छ । धादिङ, पाल्पा र तनहुँमा विद्युत् प्रसारण लाइनका लागि जग्गा लिने प्रक्रिया सुरु गरेको एमसीएले जग्गा प्राप्त गरिसकेपछि निर्माणको काम सुरू हुने जनाएको छ ।


क्याटेगोरी : प्रदेश, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट