Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हेटौँडामा मोटरसाइकल र स्कुटर ठोकिँदा दुई जनाको ज्यान गयो


मकवानपुर, २४ फागुन । मकवानपुरको हेटौँडामा मोटरसाइकल र स्कुटर ठोकिँदा दुई जनाको ज्यान गएको छ । हेटौँडा उपमहानगरपालिका–१७ हटियाको कठायत चोकमा आज बुधवार मोटरसाइकल र स्कुटर ठोकिएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । दुर्घटना अन्य दुई जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा मोटरसाइकल चालक हेटौँडा–१८ भालुखोलाका १८ वर्षीय अर्जुन भोम्जन र स्कुटर चालक नुवाकोट ककनी नगरपालिका–४ की २८ वर्षीया जीना लामा रहेका प्रहरीले जनाएको छ । भोम्जनको हेटौँडामा नै ज्यान गएको हो भने लामाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।

हेटौँडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार हेटौँडा–१८ रामधुनीका १६ वर्षीय सुजन घलान घाइते भएका र उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । यस्तै दुर्घटनामा घाइते बाग्मती गाउँपालिका–८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगरलाई थप उपचारका लागि चितवन रेफर गरिएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट