Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा


काठमाडौं । बिहीवार राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबिच प्रतिस्पर्धा हुँदैछ।

भोलि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मतदान केन्द्र बनाइएको छ। राष्ट्रपति निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यहरु मतदाता रहने व्यवस्था छन्।

राष्ट्रपति निर्वाचनमा ३३२ जना संघीय सांसद र ५५० जना प्रदेसभा सदस्यले मतदान गर्न पाउनेछन्।

संघीय संसद भवनमा संघीय सांसद र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको छ। भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। दिउँसो ३ बजेसम्म लाइनमा बस्ने मतदाताले मतदान गर्न पाउने आयोगले जनाएको छ।

आयोगले भोलि साँझसम्म नै मतपरिणाम घोषणा गर्ने तयारी गरेको छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट