काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको श्री एयरलाइन्सको विमानमा आगो देखिएपछि आपत्कालीन अवतरण

काठमाडौं, २५ फागुन । काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको श्री एयरलाइन्सको एउटा विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ । इन्जिनमा आगो देखिएपछि उक्त विमानलाई काठमाडौंमा अवतरण गराएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आज बिहान भैरहवातर्फ उडिसकेको जहाजको इन्जिनमा आगो देखिएको थियो ।
विमानमा आगो लागेको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : पर्यटन, समाचार, बाग्मती प्रदेश
ट्याग : #hot
प्रतिक्रिया