Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विगत १५ वर्षमा समुद्रमा प्लास्टिक प्रदूषण अत्यधिक वृद्धि


विश्वका समुद्रमा प्लास्टिक प्रदूषण विगत १५ वर्षमा अत्यधिक स्तरमा पुगेको एक अध्ययनले देखाएको छ । सन् २००५ यता विश्वका समुद्रमा प्लास्टिक प्रदूषण अत्यधिक स्तरमा पुगेको ओपन एक्सेस जर्नल पीएलओएस वानमा प्रकाशित अध्ययनले देखाएको हो ।

महासागरीय प्लास्टिक प्रदूषण विश्वभरि नै एक निरन्तर समस्या बनेको छ । यसबाट समुद्री जीव–जनावर माछा मार्ने जालजस्ता प्लास्टिकका ठूला टुक्राहरूमा फस्न सक्ने अध्ययनमा उल्लेख छ । साथै माइक्रोप्लास्टिक खाएका जीव–जनावर मानिसले उपभोग गर्ने खाद्य शृङ्खलामा पनि प्रवेश गर्ने जोखिम बढेको लेखक लिसा एर्डललाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

अनुसन्धानले विश्वका समुद्रको सतहमा अहिले अनुमानित १ सय ७० ट्रिलियन प्लास्टिकका टुक्राहरू, मुख्यतया माइक्रोप्लास्टिकहरू रहेको दाबी गरेको छ । समुद्रमा प्रवेश गर्ने प्लास्टिकको दरलाई समयमै नियन्त्रण गर्न सकिएन भने आउँदा दशकमा धेरै गुणाले बढ्न सक्ने पनि देखिएको छ ।

अनुसन्धानकर्ताले सन् १९७९ देखि २०१९ सम्मको ४० वर्षको अवधिमा विश्वभरका ११ हजारभन्दा बढी स्टेसनबाट प्लास्टिकको नमुना लिएका थिए । लुगाफाटा, टायर र एकल–प्रयोग प्लास्टिक जस्ता चीजहरू प्रायः तटको नजिक पुगेर समुद्रलाई प्रदूषित गराउँछन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट