Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नवनिर्वाचित राष्ट्रपति पौडेल आज पशुपति र बिपी संग्रहालय जाने


काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्रले आज पशुपतिनाथको दर्शन गर्ने भएका छन् । उनी बिहान ९ बजे पशुपतिनाथ मन्दिर पुगेर दर्शन गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।

त्यस्तै, आजै ११ बजे सुन्दरीजल पनि जानेछन्। त्यहाँ पुगेर बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ। बिपी, गणेशमान र कृष्णप्रसादले जेल जीवन बिताएको सुन्दरीजलस्थित सैनिक जर्नेलको क्वार्टरलाई अहिले बिपी संग्रहालयमा परिणत गरिएको छ। कांग्रेसका नेताहरु कुनै कामको सुरुवात गर्दा सुन्दरीजल पुग्ने गरेका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित पौडेल पनि त्यहाँ पुग्न लागेको उनको सचियालयले जनाएको छ ।

त्यसैगरी पौडेलले शुक्रबार बिहान सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । पौडेलको सचिवालयका अनुसार आज बिहान ८ बजे सभामुख घिमिरेसँग राष्ट्रपति पौडेलको भेटवार्ता हुनेछ।

सभामुख घिमिरे आज आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन बहराइनअघि राष्ट्रपति पौडेलले भेटवार्ता गर्न लागेका हुन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट