Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना पक्राउ


सप्तरी, २६ फागुन । सप्तरीको विभिन्न ठाउँबाट विद्युत् चुहावट गर्ने सात जना पक्राउ परेका छन् ।

नेपाल प्रहरी,सशस्त्र प्रहरी तथा विद्युत् प्राधिकरणसहितको संयुक्त टोलीले जिल्लाको विभिन्न ठाउँबाट विद्युत् चुहावट गर्नेहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीका ३६ वर्षीय लक्ष्मीकुमार राय, ३८ वर्षीय श्यामकुमार मुखिया, ६० वर्षीय श्रीप्रसाद साह, २० वर्षीय सन्तोषकुमार मुखिया, विष्णुपुर गाउँपालिका–१ खुरुहुरियाका २० वर्षीय गणेशकुमार यादव, ६० वर्षीय विष्णु शर्मा र शम्भुनाथ नगरपालिका–१२ सोनमाका ५० वर्षीय यदुनन्द यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ परेकाहरूबाट विद्युत् चुहावट ऐनअन्तर्गत जरिबाना लिई छाड्ने विद्युत् प्राधिकरण शाखा राजविराजले जनाएको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट