Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रामचन्द्र पौडेल बाडेगाउँको ‘भट्टराई आश्रम’मा


ललितपुर, २७ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको बाडेगाउँस्थित भट्टराई आश्रमको आज ९शनिबार० अवलोकन एवम् निरीक्षण गरेका छन् ।

भट्टराई आश्रम पुगेका नवनिर्वाचित राष्ट्रपति पौडेलले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण गरेका थिए ।

सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमको सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का, पूर्व राजदूत एवम् नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय, नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरे, प्रदेश सभा सदस्य मीनकृष्ण महर्जन, जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुँयाललगायतले स्वागत गरेका थिए ।

नव निर्वाचित राष्ट्रपति पौडेललाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराएका थिए ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट