Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


दैलेख । दैलेखबाट कालीकोट जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज दिउँसो भएको दुर्घटनामा नौमुले गाउँपालिका–३ द्वारीकाका २८ वर्षीय शशिराम पुन मगरको मृत्यु भएको हो ।

निर्माण सामग्री लिएर दैलेख सदरमुकामबाट कालीकोटको डिल्लीकोट जाँदै गर्दा ना ७ त ४४७७ नम्बरको ट्र्याक्टर नौमुले गाउँपालिका–२ गेरुपानीको भिरबाट खसेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट