Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर बस्दिन : मन्त्री श्रेष्ठ


काठमाडौं, फागुन २८ गते। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्शान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले निर्माण व्यवसायीले सम्झौता अनुरुपको काम नगरेर उपेक्षा गरेका छन् भने आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए। उनले काममा उपेक्षा भएमा आवश्यक कारबाही गरिने पनि बताए । मन्त्री श्रेष्ठले समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीसँग ठेक्का रद्द गर्न सक्नेतर्फ पनि सचेत गराए। उनले निर्माण व्यवसायीलाई परेको समस्या समाधानका लागि आफू जुन कुनै मन्त्रालयसँग समन्वय गर्ने भन्दै निर्माण व्यवसायीले पनि जिम्मा लिएको काम सम्झौता अनुरुप समयमै पूरा गर्ने संकल्प गर्नुपर्ने बताए।

उहाँले भन्नुभयो, ‘‘मलाई त अहिले निन्द्रा लाग्दैन। राज्य, सरकारले जिम्मेवारीबोध गरेर विलम्ब नगरिकन नियमसंगत हुने काम छिटोछिटो गरिदिनुप¥यो नि १ त्यसमा जे कमजोरी भएको छ, त्यसलाई सच्याइन्छ। तर यति कुरा चाहिँ तपाईंहरुसँग भन्नै पर्छ राज्यलाई, राष्ट्रलाई, जनतालाई नोक्शानी हुनेगरी निर्माण व्यवसायीले गरेका उपेक्षा छन् भने त्यसलाई पनि म टुलुटुलु हेरेर बस्न सक्दिनँ। आवश्यक कारबाहीको प्रक्रियामा जानेछु। ठेक्का रद्द गर्नु बहादुरी होइन। मलाई थाहा छ। ठेक्का टर्मिनेट गर्नु रहर होइन। त्यो पनि थाहा छ। छलछाम गर्न सकिन्छ भन्ने दिन चाहिँ गए। जसरी मलाई निद्रा लाग्दैन, तपाईहरुलाई पनि निन्द्रा नलागोस् । जनता, राष्ट्रलाई यस्तो हालतमा पुर्‍याउन म पनि जिम्मेवार छु भन्ने तपाईंहरुलाई पिरलो होस्। तब पो मिलेर गर्न सकिन्छ।’’


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #narayankaji shrestha

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट