Techie IT
  • १० वैशाख २०८१, सोमबार
Jhilko

विद्यादेवी भण्डारी तत्काल छोरीको घरमा बस्ने


काठमाडौं, २९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट तत्कालका लागि छोरीको घरमा जाने भएकी छन् । आज नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै भण्डारी शीतलनिवासबाट बाहिरिन लागेकी हुन् ।

भण्डारीको दुई कार्यकाल गए रातिदेखि सकिएको छ । भण्डारी यसअघि काठमाडौंको बूढानीलकण्ठस्थित निजी निवासमा सर्ने तयारीमा थिइन् । तर, त्यहाँ मर्मतको काम बाँकी रहेकाले तत्कालका लागि छोरीको घरमा बस्ने उनका स्वकीयसचिव भेषराज अधिकारीले जानकारी दिए ।

“निवास तयार भएको छैन । छोरीको घरतिर जानुहुन्छ होला,” उनले भने । उनका अनुसार भण्डारीको छोरीको घर काठमाडौंकै महाराजगन्ज, बानियाँटार क्षेत्रमा पर्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट