नेपालको उत्कृष्ट बलिङ, पीएनजीले ९५ रन मात्र बनायो
![](https://archive.jhilko.com/wp-content/uploads/2023/03/cricket-10.jpg)
काठमाण्डौं, २९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले उत्कृष्ट बलिङ गरेको छ ।
कीर्तिपुर मैदानमा नेपालसँग टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन बनाउन सक्यो । पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउले १८, चाल्स अमिनिले १६ र हिरि हिरिले १४ रन बनाए ।
अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै, ललित नारायण राजवंशी र कुशल मल्लले २र२ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए ।
विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन अब नेपालले दुई खेल जित्नु पर्ने हुन्छ । नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता सुरक्षित गरिसकेको छ । नेपाल आइसिसी विश्वकप क्रिकेट लिग– २ को चौथो स्थानमा उक्लिएको छ ।
नेपालले ३४ खेलबाट ३६ अंक प्राप्त गरेको छ । नेपालले आज पपुवा न्युगिनीलाई र आउँदो बिहीवार युएईलाई हराउन सके ४० अंकका साथ तेस्रो स्थानमा रहँदै अर्को वर्ष जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछ । ११ अंक जोडेर पीएनजी अंक तालिकाको पुछारमा रहेको छ । युएई ३१ अंकका साथ छैठौँ स्थानमा छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #cricket
प्रतिक्रिया