Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रेडियो धनगढीका पत्रकार शेरबहादुर ऐरमाथि आक्रमण


काठमाडौं, २९ फागुन । रेडियो धनगढी तथा धनगढी खबर डटकमका संवाददाता शेरबहादुर ऐरलाई अज्ञात समुहले आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ कैलाली शाखाका अनुसार फागुन २७ गते शनिबार धनगढी उपनगरपालिका–२ स्थित रुवस होटलमा भएको कार्यक्रममा सहभागी भएर बाहिर निस्किने क्रममा राति होटल प्रांगणमै पत्रकार ऐरमाथि आक्रमण भएको थियो ।

कुनै पनि बहानामा पत्रकारमाथि आक्रमण हुनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको महासंघका केन्द्रीय महासचिव रोसन पुरीद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

प्रेस स्वतन्त्रतामाथि हुने सबैखाले आक्रमणका घटनाको कडा शब्दमा भत्र्सना गर्दै महासंघले यस्ता घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्वाध र सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #fnj

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट