Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौं उपत्यकाको वायु ‘अति अस्वस्थकर’


काठमाडौं, २९ फागुन । काठमाडौं उपत्यकाको वायु ‘अति अस्वस्थकर’ बनेको छ । वायु प्रदूषण सूचकांक (एक्यूआई) का अनुुसार सोमबार काठमाडौंका विभिन्न स्थानको वायुमा प्रदूूषणको मात्रा १५० यूएस एक्यूआईभन्दा बढी देखिएको छ ।

आईक्यू एयरका अनुसार सोमबार बिहान ११ः४५ बजे काठमाडौंको महाराजगन्जस्थित अमेरिकी राजदूतावासअगाडिको मापनयन्त्रले देखाएको वायु प्रदूषणको मात्रा २२५ यूएस एक्यूआई छ । यो मात्रालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अति अस्वस्थकरको मान्छ ।

यस्तै, रत्नपार्ककोे १५७, भक्तपुरको १८९, कीर्तिपुरको वायु प्रदूषणको मात्रा १५३ यूएस एक्यूआई देखिएको छ । गएको शुक्रबारयता उपत्यकामा प्रदूूषण्को मात्रा निरन्तर बढ्दै गएको सूचकले देखाएको छ ।

डब्ल्यूएचओका अनुसार एक्यूआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ । एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २।५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । एक्यूआई जति बढ्दै गयो, त्यति घातक हुने डब्ल्यूएचओले जनाएको छ ।

 


क्याटेगोरी : विज्ञान, समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट