Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

देशभरकै मौसम बदली : काठमाडौंमा मेघ गर्जनसहित बर्षा


काठमाडौं । काठमाडौं उपत्यकामा अहिले मेघ गर्जनसहित बर्षा भइरहेको छ । अहिले देशभरकै मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको महाशाखाले जनाएको छ ।

उनका अनुसार पछिल्लो तीन घण्टामा कीर्तिपुर केन्द्रमा ११ दशमलव चार मिलिमिटर वर्षा मापन भएको छ भने खुमलटार केन्द्रमा शून्य दशमलव ६ मिलिमिटर वर्षा भएको छ । अहिले वर्षा गराउने प्रणाली पूर्वी क्षेत्रतिर सरेकाले केहीबेरमा रोकिने मौसमविद् झाले बताए ।

यसैबीच आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै भोलि मङ्गलवार दिउँसो पनि उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि मौसमविद्को सुझाव छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट