Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौंको दक्षिकालीमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु


काठमाडौं, ३० फागुन । दक्षिणकाली नगरपालिका–२ ग्वालदहमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

नुवाकोटको बेल्कोटगढी नगरपालिका १ घर भएका २४ वर्षीय सन्दीप तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। बागमती प्रदेश ०१–००३ क ८६९० नम्बरको मिनि टिपर ब्याक गर्ने क्रममा सडक निर्माणमा खटिएका कामदार तामाङलाई गएराति ठक्कर दिएको प्रहरीले जनाएको छ।

ललितपुरको भैँसेपाटी स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा तामाङको मृत्यु भएको हो। दुर्घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट