Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने संभावना


काठमाडौं । काठमाडौं उपत्यकासहित केही ठाउँमा आज पनि हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने अनुमान गरिएको छ ।

गएराति धेरै ठाउँमा हावाहुरीसहित फाट्टफुट्ट पानी परेको थियो भने मेघगर्जन र चट्याङ पनि परेको थियो । हुरीले कतिपयको जस्ताको छानो उडाएको छ । हावाहुरीले पुर्‍याएको क्षतिको विवरण भने आइसकेको छैन । मौसमविद् समीर श्रेष्ठका अनुसार आज पनि बेलुका पछि वाग्मती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हुरी चल्ने अनुमान गरिएको छ ।

गएराति वाग्मती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा हुरी चलेको थियो । यस्तै, सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तीब्र गतिमा हावाहुरी चलेको थियो । प्रि मनसुनको समयमा पश्चिमी वायुको प्रभाव पर्दा हावाहुरी चल्ने मौसमविद् समीर श्रेष्ठले बताए । मेघगर्जन र चट्याङसहित हुरी चल्ने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट