Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हेटौंडामा गाडीको ठक्करबाट एक महिलाको ज्यान गयो


हेटौंडा, १ चैत । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा बुधबार बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

बिहान ५ः५० बजेको समयमा नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१च ६९४३ नंको हात्ती गाडीले ठक्कर दिँदा पैदलयात्री हाल नाम, थर, वतन नखुलेको अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएकी ती महिलालाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । महिलाको शव हाल हेटौंडा अस्पतालमा राखिएको र घटनाबारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट