Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक पुरुषको शव फेला


सुर्खेत, १ चैत । घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक पुरुषको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेमा हिजो (मङ्गलबार) अपराह्न ५ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले मृत भेटिएका पुरुष विनपा–१० दीपनगर बस्ने वर्ष ४१ को ध्रुवजङ्ग शाही भएको जानकारी दिए । प्रहरीलाई परिवारले दिएको बयान अनुसार मृतक शाही यस अघि गाडी चलाउँथे भने केही दिन अघि विदेश जाने तयारीमा थिए । उनी मङ्गलबार बिहान १० बजेतिर घरबाट निस्किएका थिए ।

मानवबस्तीबाट करिब ५० मिटर दूरीमा बाँसझाङ नजिकै शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रवक्ता शाहीले घटनाको प्रकृति हेर्दा कसैले उनको हत्या गरेको हुनसक्ने आशङ्का गरेका छन् । प्रवक्ता शाहीका अनुसार शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा राखिएको छ । आफन्तको जाहेरीपछि पोष्टमार्टम गरी घटनाको थप अनुसन्धान हुने बताइएको छ ।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट