Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पोखराको भकुण्डेमा चितुवाको आक्रमणबाट दुई जना घाइते


कास्की, १ चैत । पोखरा महानगरपालिका १८ भकुण्डेमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । कालिज फार्ममा मंगलबार राति पसेको चितुवाले त्यहाँका कामदारलाई आक्रमण गरेको हो ।

चितुवाको आक्रमणबाट कास्कीको रुपा गाउँपालिका ४ बस्ने २८ वर्यीय श्रीकृष्ण मल्ल ठकुरी र २३ वर्सीय राजेश तिमिल्सिना घाइते भएका छन् । चितुवा फार्मबाट बाहिर निस्कने क्रममा उनीहरुलाई आक्रमण गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीले जानकारी दिए । उनका अनुसार उनीहरुको गालामा चितुवाले चिथोरेको र उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

मानिसलाई आक्रमण गर्ने चितुवा खोज्दा मृत अवस्थामा झाडीमा भेटिएको डीएसपी जोशीले बताइ । मृत चितुवा प्रहरीले जिल्ला वन कार्यालय कास्कीलाई जिम्मा लगाएको छ ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट